साउन ३०, काठमाडौँ । फिल्म हो ‘गणपति’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘गणपति’ यही आउँदो भदौ १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको छ । भरपुर कमेडी र सेन्टिमेन्ट् समेटिएको ३ मिनेट लामो ट्रेलरले फिल्म प्रति दर्शकको कौतुहलता जगाउन सफल भएको छ ।
सबिन अधिकारीको लेखन र निर्देशनमा बनेको फिल्मको ट्रेलरमा निसन्तान दम्पतीको कथा समेटीएको छ । निसन्तान दम्पतीलाई भगवान् गणेशजस्तो स्वरूपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई फिल्मको ट्रेलरमा प्रस्तुत देख्न सकिन्छ ।
‘गणपति’ मा मुकुन भुसाल, राजाराम पौडेल, मेनुका प्रधान, स्व.जयनन्द लामा, सूर्यमाला खनाल, प्रकाश घिमिरे, सुशील पोखरेल, अंशु मानन्धर, पुष्कर गुरुङ, देवेन्द्र बब्लु, कविता न्यौपाने, कालु रानाका साथमा अतिथि भूमिकामा अभिनेत्री वर्षा शिवाकोटीको पनि अभिनय रहेको छ ।
- न्युज बहार संवाददाता