Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चलचित्र ‘मैझारो’को ट्रेलर सार्वजनिक

  •   १२ महिना अघि | २८ असोज २०८२, मङ्लबार

असोज २८, काठमाडौँ । विल्सन विक्रम राई (तक्मेबुढा)को लेखन र निर्देशनमा तयार भएको चलचित्र ‘मैझारो’को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार सार्वजनिक गरिएको तीन मिनेट ४९ सेकेन्डको ट्रेलरमा प्रेममा परेको एक पात्रले गरेको संघर्ष र त्यसपछिका जटिलताहरू देखाइएको छ। ट्रेलरमा धीरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राई लगायतका प्रमुख कलाकारहरूको अभिनय देख्न सकिन्छ। निर्देशक विल्सन राई पनि ट्रेलरमा देखिएका छन्।

राईकै कथामा आधारित यो फिल्म पूर्वी नेपाल, विशेषगरी इलाम र पाँचथर क्षेत्रमा छायांकन गरिएको हो। तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बूजस्ता कलाकारहरूको पनि अभिनय रहेको छ।

  • न्युज बहार संवाददाता

थप