Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

निशा अधिकारीद्वारा आफूलाई गाली गर्ने व्यक्तिहरूका स्क्रिनसट सार्वजनिक

  •   ७ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

फागुन २०, काठमाडौँ । अभिनेत्री तथा राजनीतिमा सक्रिय निशा अधिकारी ले सामाजिक सञ्जालमा आफूविरुद्ध भइरहेको अपमानजनक टिप्पणी र दुव्र्यवहारप्रति आपत्ति जनाएकी छन् । उनी गतिशील लोकतान्त्रिक पार्टी का तर्फबाट काठमाडौँ–५ क्षेत्रमा उम्मेदवार बनेकी छन् ।

उम्मेदवारी दर्ता गरेपछि आफूलाई लक्षित गर्दै व्यक्तिगत टिप्पणी र आक्रमण बढेको उल्लेख गर्दै उनले सीमा ननाघ्न चेतावनी दिएकी छन् । यसअघि पनि विभिन्न सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले यस्ता व्यवहारप्रति असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन् ।

बुधबार बिहान उनले सामाजिक सञ्जालमै आफूलाई गाली गर्ने केही व्यक्तिहरूका स्क्रिनसट सार्वजनिक गरिन् । उक्त पोस्टमा उनले यसपटक नाम नलुकाएको बताउँदै, कहिलेकाहीँ घृणा गुमनाम रूपमा होइन, खुला रूपमा सामान्य बनाइँदै फैलिने गरेको उल्लेख गरेकी छन् ।

  • न्युज बहार संवाददाता

थप