Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अर्जुन सापकोटा बने गत महिनाका सबैभन्दा लोकप्रिय नेपाली संगीतकर्मी

  •   ९ महिना अघि | २४ पुस २०८२, बिहिबार

काठमाडौं । गीत ‘झलिको’ को सफलतासँगै गायक अर्जुन सापकोटा गत महिनाका सबैभन्दा लोकप्रिय नेपाली संगीतकर्मी बन्न सफल भएका छन्। म्युजिक डेटा प्लाटफर्म ‘भाइव्रेट’ ले सार्वजनिक गरेको डिसेम्बर महिनाको सूचीमा सापकोटा ४९२.४ के अंकसहित शीर्ष स्थानमा रहेका हुन्।

यो प्लाटफर्मले प्रत्येक महिना लोकप्रिय संगीतकर्मीहरूको सूची प्रकाशित गर्दै आएको छ। अर्जुन सापकोटाले संगीत दिएको लोकशैलीको गीत ‘झलिको’ हाल सामाजिक सञ्जालमा अत्यन्त चर्चामा छ। युट्युबमा मात्रै यो गीत १ करोड ९५ लाखभन्दा बढी पटक हेरिइसकेको छ भने टिकटकमा पनि हजारौँ प्रयोगकर्ताले यसमा आधारित भिडियोहरू बनाइरहेका छन्।

उक्त गीतमा अर्जुन सापकोटाको संगीत रहेको छ भने गायनमा मेलिना राई र समीक्षा अधिकारीले उनलाई साथ दिएका छन्। गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्।

  • न्युज बहार संवाददाता

थप