फागुन २४, काठमाडौँ
। अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको शीर्ष भूमिका रहने फिल्म ‘बेहुली फ्रम मेघौली’को छायांकन सुरु भएको छ । भरतपुरको
मेघौली आसपासमा यो कमेडी-सोसल ड्रामाको छायांकन ३५ दिनसम्म चल्ने बताइएको छ ।
अभिनेता
निश्चल बस्नेतका अनुसार चितवनको एक मन्दिरमा मुहूर्त गर्दै छायांकन सुरु गरिएको जानकारी
दिइएको हो । यस फिल्मबाट स्वस्तिमाले निर्मात्रीको रुपमा डेब्यु गर्दैछिन् भने यस फिल्मलाई आकाश बराल र साजन काफ्लेले
संयुक्तरुपमा निर्देशन गर्न लागेका हुन ।
यस फिल्ममा सिम्रन खड्का, विजय बराल, आमिर गौतम रहेका छन । डीसीएनले आउँदो दशैंमा यो फिल्मलाई रिलिज गर्ने जनाइएको छ ।
- न्युज बहार संवाददाता