फागुन १३, काठमाडौँ । सिक्वेल लिष्टको हिट फिल्म ‘कबड्डी’ को पाँचौ श्रृखला ‘कबड्डी ५’ निर्माण हुने भएको छ । ‘कबड्डी ५’ निर्माण हुने घोषणा फिल्मका लेखक तथा कलाकार उपेन्द्र
सुब्बाले गरेका हुन । फिल्म अर्को वर्ष निर्माण हुने छ । हालै एक कार्यक्रममा फिल्मको
स्क्रिप्ट लेखन तयारी भइरहेको लेखक सुब्बाले बताएका छन ।
‘कबड्डी’ को चार सिक्वेल निर्माण भइसकेको छ भने
यसको पछिल्लो
सिक्वेल ‘कबड्डी- द फाइनल म्याच’ अर्थात ‘कबड्डी ४’ केही समय पहिले रिलिज भएको थियो । फिल्म
रिलिजको समय अर्को सिक्वेल नबन्ने र यहु अन्तिम भाग रहेको प्रचार गरिएको थियो । तर अहिले
भने निर्माण हुने भनिएको छ ।
मुख्य पात्रको रुपमा दयाहाङ राई रहदै आएका ‘कबड्डी’का सबै सिक्वेलमा रामबाबु गुरुङको निर्देशन छ र अब नयाँ
बन्न लागेको कबड्डी ५ मा पनि उनि गुरुङ नै निर्देशक
रहने छन ।