पुस ६, काठमाडौँ
। मिस पवि (पवित्रा शाँकी) र सिम्रन पन्तले फिल्ममा डेब्यु गर्ने भएका छन । टिकटकबाट
चम्किएका दुई मोडलले सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’बाट डेब्यु गर्न लागेका हुन् ।
काठमाडौँमा
आज फिल्मको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सिम्रन र मिस पविले टिकटकलाई
धन्यवाद दिंदै फिल्ममा काम गर्न लागेको जानकारी दिएका छन ।
फिल्ममा रमेश उप्रेती, सलोन बस्नेत, आँचल शर्मा लगायतको अभिनय हुनेछ भने यो
फिल्म दरबारको कथावस्तुमा बन्न लागेको जनाइएको
छ ।
- न्युज बहार संवाददाता