बैशाख २५, काठमाडौँ । सोसल-ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । फिल्म ‘सतीदेवी’ साउन ४ गतेदेखि रिलिज हुने जानकारी निर्माताले गराएका छन् । लक्ष्मण सुवेदी निर्देशित यो फिल्म सोसल-ड्रामा अन्तर्गत पर्दछ ।
फिल्ममा बाबु
र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्रले गर्ने संघर्षको
कथावस्तुलाइ फिल्मको मुख्य विषय बनाइएको छ । मलिका महतले फिल्मको शीर्ष भूमिकामा अभिनय
गरेकी छन् ।
- न्युज बहार संवाददाता