जेठ २५, काठमाडौँ । भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नीरफूल’ को प्रिमिएर गरिएको छ । हिजो बुधबार कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमिएरमा फिल्म युनिट तथा रंगपत्रकारको उपस्थिती रहेको थियो ।
प्रिमिएर कार्यक्रममा तामाङ कलाकारहरुले आफ्नो भेसभुसा सहित डम्फु बजाएर दयाहाङ राई, बुद्धी तामाङ लगायतका कलाकारलाई हलमा प्रवेश गराएका थिए भने प्रिमिएरमा सहभागी अधिकांश व्यक्तिले फिल्म मन परेको प्रतिक्रिया दिएका छन ।
पारिवारिक कथा र २०७२ को महाभूकम्पपछि देखिएको साइट इफेक्ट मिसाइएको फिल्ममा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, जिग्मे छ्योकी, राजन खतिवडा, पुष्कर गुरुङ, सरोज अर्याल, लक्ष्मी बर्देवा, सरिता गिरी लगायतको समेत अभिनय रहेको छ । निरफुलमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा देखिने छिन ।
- न्युज बहार संवाददाता