वैशाख ३०, काठमाडौँ । सुपरहिट फिल्म जारीको सिक्वेल ‘जारी २’को छायाङ्कन सुरु भएको छ । सोमबारदेखि पाँचथरबाट फिल्मको छायाङ्कन सुरु भएको हो । फिल्मको शुभमर्हूत छायाङ्कन अगाडि गरिएको थियो । शुभमर्हूतमा अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर लगायत सहभागी भएका थिए ।
गत वैशाख
एक गते नयाँ वर्षको दिन पारेर फिल्मको घोषणा गरिएको थियो । जारी २ मा दयाहाङ र
मिरुनाको अलवा ऋचा शर्मा, बिजय
बराल, पुष्कर
गुरुङ, बुद्धि
तामाङ, प्रेम
सुब्बा, मानहाङ
लावती, माओत्से
गुरुङ, बिष्णु
मोक्तान, कमलमणि
नेपाल, अनिल
सुब्बाको अभिनय रहनेछ ।
- न्युज बहार संवाददाता