भदौ १७, काठमाडौँ । पूर्व मिस नेपाल नम्रता श्रेष्ठलाई अभिनेता सलिनमान बनियाले राति एयरपोर्टमा रिसिभ गर्न गएको घटनाले केही समय सामाजिक सञ्जाल र मिडियामा चर्चा पाएको थियो। यसपछि यी दुईबीच प्रेम सम्बन्ध रहेको अड्कलबाजीसमेत फैलिएको थियो।
तर,
हालै
एक कार्यक्रममा बोल्दै नम्रताले यी गसिपहरू असत्य भएको स्पष्ट गरेकी छन्। उनले भनिन्, "यस्ता
हल्ला न मेरो तर्फबाट आएका हुन्, न
त उहाँको तर्फबाट। सानो विषयलाई अनावश्यक रूपमा ठूलो बनाइएको हो।"
नम्रताका अनुसार, त्यो
दिन एक जना साथीको जन्मदिन
परेको
थियो र उनको फ्लाइट ढिला भएको कारण सलिनमान उनलाई लिन एयरपोर्ट गएका थिए।
उनले थपिन्, "फ्लाइट साँढे ८ मा ल्यान्ड हुने भनिएको
थियो,
तर १० बज्यो। उहाँ कुरेर बस्नुभएको थियो। त्यसैलाई लिएर
अफेयरको खबर बनाइयो, जुन देख्दा मलाई
दुःख लाग्यो।"
नम्रताले आफू र
सलिनमान एकदम मिल्ने साथी भएको बताउँदै, छिट्टै सार्वजनिक हुन लागेको फिल्मका
कारण फेरि सँगै देखिन सक्ने
जानकारी
पनि दिइन्। उनले जोड दिँदै भनिन्, "त्यसमा हामीलाई अफेयरको रूपमा हेर्नु
आवश्यक छैन।"
- न्युज बहार संवाददाता