भदौँ २, काठमाडौँ । फिल्म ‘परालको आगो’ले अभिनय कार्यशाला सुरु गरेको छ । गुरुप्रसाद मैनालीको प्रसिद्ध कथामा आधारित रहेर निर्माण हुन लागेको फिल्मका अभिनेता सौगात मल्लले इन्स्टाग्रामबाट कार्यशालाको फोटो र भिडियो सार्वजनिक गरेका छन ।
सौगातले सार्वजनिक गरेको उक्त फोटो र भिडियोमा उनीसहित प्रकाश सपुत, सुहाना थापा लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । उक्त कार्यशालामा सिर्जना अधिकारी, सरु भण्डारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी र रेणु न्यौपानेलाई पनि देखिन्छ ।
फिल्मको छायांकन आगामी भदौ २६ गतेदेखि म्याग्दीको रमणीय स्थानमा हुने जनाइएको छ ।
- न्युज बहार संवाददाता