फागुन ७, काठमाडौँ । पारिवारिक कथावस्तुमा बनेको फिल्म हो 'फूलबारी'।शिक्षण पेशाबाट अवकास प्राप्त बुवा र गृहणी आमाका तीन भाइ छोरा । जेठो
छोराको जेठी बुहारी र नातिनी यिनै
सात जनाको वरिपरि घुमेको छ चलचित्र फुलबारीको विषयबस्तु । नेपाली परिवेश र
पात्रबाहेक फिल्मको कथा बलिउडको चर्चित फिल्म 'बागबान'बाट लिईएको हो । अझ यस फिल्मलाई बागबानको नेपाली संस्करण भन्दा
फरक नपर्न सक्छ। हिन्दी शब्द 'बागबान' को नेपाली अर्थ हुन्छ- फूलबारीको हेरचाह गर्ने व्यक्ति। कथा
मात्र होइन, यी दुई फिल्मको नाम पनि उस्तै हुन आएको छ भन्दा
फरक पर्दैन।
फुलबारीको फिल्मको कथा पुरानै भए
पनि यसले नेपाली परिवेशलाई जोडेर सुन्दर तरिकाले दृश्यमा कथा प्रस्तुत गर्न सफल
भएको छ। नेपाली दर्शकको स्वाद यो फिल्मले थाहा पाएको छ।
समग्रमा यो फिल्मले दृश्यमा कथा भन्न सफल भएको छ। निर्देशकले आफ्नो फ्लेवर दिन सफल भएका छन् ।फिल्म एक पटक हेर्नलायक (वान् टाइम वाचेबल) छ।