Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

चियाको भविष्य बिग्रनबाट बचाउने उद्धश्यले चिया टिप्ने हाते मेसिन वितरण गरिदैँ

  •   ३ वर्ष अघि | १४ माघ २०८०, आइतवार

माघ १४, इलाम । इलाम जिल्ला सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले गत वर्ष चिया टिप्ने तरिका नमिल्दा चियाको प्रतिकेजी मूल्य रु ३५ मात्र पाएका थिए । चियाको मुना ४० प्रतिशत अनिवार्य भएकोमा नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य रु ४० छ तर किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन कठिन हुने गरेको छ । यसका लागि अधिकारीले भने “यसरी टिप्नुपर्छ भनेर तालिम पाएका छैनौँ, चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो।”

यसै माग र आवश्यकतालाई मध्ये नजर राख्दै सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हातेमेसिन वितरण गर्दैछ । नगरप्रमुख रणबहादुर राईका अनुसार नगरपालिकाले उत्पादनलाई गुणस्तरीय बनाउन किसानलाई हातेमेसिन वितरण गर्न लागेको हो ।

नगरप्रमुख राईका अनुसार जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका कारण हातेमेसिन ५० प्रतिशत अनुदानमा दिइन लागिएको हो, यसले हाम्रो चियाको भविष्य बिग्रनबाट बचाउने छ ।

उनले भने “चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ, तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन, त्यसैले चिया टिप्ने हाते मेसिन वितरण गर्न लागेका हौँ ।”

  • न्युज बहार संवाददाता

थप