Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बाह्रै महिना सयपत्री फूलको व्यावसायिक खेतीमा रमाएका उप्रेती

  •   ३ वर्ष अघि | ६ असोज २०८०, शनिबार

असोज ६, झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीको घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्ने गरको छ। उप्रेतीको बगैँचामा फुलेका सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको छ ।

उप्रेती विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लागेका थिए । यतिबेला उनको तीन कठ्ठा जमिनमा सयपत्री फूल ढकमक्क फुलाएका छन् ।

उप्रेतीले विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा र मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएका छन् ।

अहिले मेचीनगरमा लगाइएको फूल ढकमक्क फुलेर धमाधम बिक्री सुरु भएको छ । विर्तामोड, धुलाबारी र काँकरभिट्टाका सङ्घसंस्थाजहरु उनको बारीमा फुलेको सयपत्री फूल खरिदका लागि आउने गरेका छन् । बाह्रै महिना सयपत्री फूलको उपलब्ध हुने भएपछि जिल्लामा हुने अधिकांश सभा समारोह तथा धार्मिक कार्यका लागी त्यही प्रयोग हुन थालेको छ । अग्रिम फूलका अर्डर गर्ने संस्थासंस्थाको कार्यक्रमस्थलमै माला पुर्याउने व्यवस्था उनले मिलाइएका छन ।

उनले भने, “सयपत्री फूल फुल्न सिजन चाहिँदैन, गर्दा बाह्रैमास हुन्छ । व्यावसायिक रुपमा गरिरहेको छु, आम्दानी पनि राम्रो हुन्छ ।

उनको बुभाइ अनुसार स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप अनुदान र सुलभ कर्जामा लगानी गर्ने हो भने फूलको परनिर्भरतालाई हटाउन सकिन्छ । 

थप