बैशाख ६, हेटौंडा । हेटौंडा–१५ रातोमाटे सयफुटमा बाघको आक्रमणबाट २ जना व्यक्ति घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको जानकारी गराएको छ।
बुधबार बिहान हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र ६५ वर्षका कृष्ण बर्थिङ घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका थिए त्यही क्रममा उनिहरु दुबैलाई बाघले आक्रमण गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बाघको आक्रमणबाट घाइते भएका दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन ।
उनले घाइते सुमन घलानको स्वास्थ्य अवस्था मध्यम रहेको छ भने थिङको अवस्था अलि गम्भिर रहेको बताएका छन ।
- न्युज बहार संवाददाता