जेठ २८, म्याग्दी । म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ लामो खडेरीका कारण खेतमा नै सुक्न थालेको छ।
तापक्रम वृद्धि र लामो समयदेखिको खडेरी, पानि नपरेको कारण यस क्षेत्रको लेकाली स्थानमा समेत रोपाइँ सुरु हुन सकेको छैन। त्यस्तै म्याग्दीका तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेकाले किसानहरु चिन्तित भएका छन।
म्याग्दी जिल्ला मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले समयमा पानी नपर्दा लेकाली क्षेत्रहरुमा यस वर्ष कोदोसमेत रोप्न नपाएको जानकारी दिएका छन।
उनले भने “यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण रोपाइँ त परको कुरा बीउसमेत राम्ररी फस्टाउन पाएको छैन।”
म्याग्दी जिल्लाको बेनी नगरपालिकाका उपल्लो भेग र धवलागिरि, मालिका, अन्नपूर्ण, मङ्गला र रघुगङ्गाका लेकाली क्षेत्रहरुमा विगतका वर्षमा यो समय कोदो रोपाइँ सकिसकेको हुन्थयो।
केही ठाउँमा धान रोपाइँ पनि भइसकेको हुन्थ्यो । तर यस वर्ष मनसुन ढिला गरी
आएकाले जिल्लामा कतै पनि रोपाइँ सुरु
हुन नसकेको किसानको गुनासो छ ।
- न्युज बहार संवाददाता