Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुकेको प्याजको भाउ बृद्धी, कति छ केजीको?

  •   १ वर्ष अघि | २ साउन २०८२, बिहिबार

साउन १, काठमाडौँ । अहिले नेपाली स्थानिय बजारमा सुकेको प्याजको भाउ बढीरहेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक हेर्दा यस्तो देखिएको हो।

मंगलबारदेखि प्याजको मूल्य बढ्न थालेको समितिको तथ्यांकले देखाएको छ। 

मंगलबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४४ देखि ४६ रूपैयाँमा कारोबार भएको थियो। बिहीबार प्याज प्रतिकिलो ४७ देखि ४८ रूपैयाँमा बिक्री भइरहेको छ। 

प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुने गरेको छ। अहिले नेपाली बजारमा स्वदेशी र भारतीय दुवै प्याज आइरहेका छ्न्। 

व्यवसायीहरूका अनुसार भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा यहाँको स्थानिय प्याजमा मूल्य घटबढ हुने गरेको छ। तर प्याजको मूल्य अन्य तरकारीको मूल्य जस्तो धेरै मूल्यमा घटबढ हुँदैन। 

बजारमा थोक मूल्य बढेसँगै प्याजको खुद्रा मूल्य पनि बढेको छ।

  • न्युज बहार संवाददाता

थप