भदौं १४,
काठमाडौँ । यस बर्ष साढे पाँच लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्य सरकारले राखेको छ । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ मा साढे
पाँच लाख मेट्रिक टन मल आयात गर्ने लक्ष्य राखेको हो ।
चालु
आर्थिक वर्षमा सरकारले आयात गर्ने रासायनिक मलमध्ये ८८ हजार ३३४ मेट्रिक टन मल
आयात गरिसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
हाल सरकारसँग
१ लाख १९ हजार ७११ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । मन्त्रालयको तथ्याङ्क
अनुसार ४२ हजार ६४४ मेट डीएपी, ६९ हजार ४०४ मेट्रिक टन युरिया
र ७ हजार
६६३ मेट मल मौज्दात रहेको छ ।
- न्युज बहार संवाददाता