असार २४, रौतहट । रौतहट स्थित सामुदायिक वन र एक सामुदायिक विद्यालयको हाताभित्र नेपाली सेनाले वृक्षारोपण गरेको छ ।
'सन्ततिका लागि सोचौँ, समृद्धिका र हरियालीका लागि रुख रोपौँ' भन्ने मूल नाराका साथ वीरदल गण गौरको संयोजकत्वमा रङ्गपुर साझेदारी वन र चन्द्रपुर ७ नयाँ बस्ती आधारभूत विद्यालयको हाताभित्र शनिबार वृक्षारोपण गरिएको हो।
वीरदल गणका गणपति नेपाली सेनाका कर्णेल गङ्गा बहादुर विष्टले यस क्षेत्रमा मसलाका विरुवा, मलेसियन साललगायतका ३०० थरिका बिरुवा विद्यालय हाताभित्र रोपिएको बताएका छन ।
- न्युज बहार संवाददाता