Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालले अब ओट घाँस र जनावरको दाना तिब्बतलाई बिक्री गर्ने

  •   २ वर्ष अघि | १८ बैशाख २०८१, मङ्लबार

बैशाख १८, काठमाडौँ । नेपालबाट ओट घाँस र जनावरको दाना तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले खरिद गर्ने भएको छ।

तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले सोमबार काठमाडौँमा एक कार्यक्रमबीच नेपालका दुई कम्पनीसँग घाँस र जनावरको दाना खरिदको लागि सम्झौता गरेको हो।

नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल नामक दुई कम्पनीसँग प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले क्रमशः ओट घाँस र जनावरको दाना खरिदको सम्झौता गरेको हो ।

घाँस र दाना निर्यात गर्नेबारे सम्झौता नेपालका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङको उपस्थितिमा भएको हो।

  • न्युज बहार संवाददाता

थप