असोज २७,
पाल्पा । ग्रामीण भेगमा पहिले पहिले कोदो खेतीले ढाकिने बारी अहिले खाली
हुँदै जान थालेका छन् । गाउँका बारी सबै कोदोका झुल्दै गरेको बालाले भरिन्थे ।
गाउँमा सबैका जसो घर–घरमा
कोदो लगाइने गरिन्थ्यो तर पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको छ । यस्तै
भएको छ अहिले पाल्पा
रामपुरका विभिन्न स्थानमा पहिले कोदो खेतिले भरिने बारि अहिले बाँझै बस्न थालेको छ
। पाल्पा रामपुरकी शान्ति विश्वकर्मा यही भन्छीन कोदो खेती कम हुन थाल्यो, बारी
बाँझै छ ।
उनी
भन्छीन “जवानी
उमेरमा दिनभर बारीमा साथीहरुसँग कोदो रोप्दा रमाइलो हुन्थ्यो, घरमा मुरीका–मुरी भित्राइन्थ्यो, अहिले त सबैले लगाउन छाड्दै गएका छन, गाउँमा कोदो खेती गर्न कसैले चासो
दिदैनन आजभोली।” आफूले जान्ने बुझ्ने उमेर भएदेखि नै कोदो खेती गरे तापनि अहिले आएर
सबैले कोदो रोप्न छाड्दा गाउँका बारी बाँझिन थालेकोमा उनले चिन्ता व्यक्त गरेकि छन
।
किसानका अनसार पहिले खाद्यान्नको रुपमा प्रयोग गरिने कोदो हहिले मदिरा बनाउन प्रयोग गरेका कारण कम मात्रामा खेती हुने गरेको हो । यसरी गाउँघरमा हेपिएको कोदो अहिले सहर बजारतिर खोजीखोजी खाना थालेको पाइन्छ ।
सडक सञ्जाल गाउँतिर विस्तार भएसँगै सहर बजारबाट गाउँघरमा गहुँ, चामललगायत अन्नबाली भित्रिन थालेका छन भने पोषिलो जौँ, फापर, कोदो जस्ता स्थानीय अन्नबाली किसानले लगाउन छाड्दै गएका छन । अहिले बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेका छन। यसैको फल स्वरुप एकातिर स्थानीय अन्न लोप हुँदै छन्, भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रण बढ्न थालेको छ । किसानले पुराना अन्नबाली गहुँ, धान र मकैजस्तै कोदोलाई महत्व नदिएका कारण यो लोप हुँदै गएको हो ।
एकातिर पहिलेदेखी गाउँघरमा परम्परागत रुपमा खेती गरिदै आएको कोदो लोप हुने अवस्थामा छ भने अर्कोतिर सहर बजारमा यसको माग बढ्दै गएको छ । अहिले बजारका ठूला–ठूला होमस्टे, होटल रेष्टुराँमा, कोदोको परिकार पाक्ने गर्दछ । ग्राहकको आकर्षण कोदोबाट बनाइएको ढिँडो, सेलरोटीलगायतका परिकारमा छ ।