Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लम्पी स्किन रोगको सङ्क्रमण पुन: फैलिदैँ

  •   १ वर्ष अघि | २३ असार २०८२, सोमवार

असार २३, ताप्लेजुङ । लम्पी स्किन रोगको सङ्क्रमण पुन: फैलिन थालेको छ। अहिले ताप्लेजुङका ६ स्थानीय तहमा लम्पी स्किन फैलिएको छ । जिल्लाका नौ मध्ये ६ वटा स्थानीय तहका पशुचौपायामा सङ्क्रमण देखिएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।

हालसम्म ३४ पशु बस्तुमा लम्पी स्किनको सङ्क्रमण पुष्टि र सङ्क्रमण सिदिङ्वा गाउँपालिकाका– २, मेरिङदेनका १०, सिरिजङ्गाका ५, फक्ताङलुङका दुई, फुङलिङ नगरपालिकाका ७ र आठराई त्रिवेणी गाउँपालिकाका आठ पशु बस्तुमा देखिएको केन्द्रका प्रमुख डा रोशन दाहालले जानकारी दिएका छन।

लम्पी स्किन सुरुमा फुङलिङ नगरपालिका–१० फुरुम्बु र वडा नं ७ तथा ८ दोखुमा देखिएको थियो । सङ्क्रमण पुष्टि भएपछि सम्बन्धित स्थानीय तह, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र अन्य सम्बन्धित निकायले सङ्क्रमण नियन्त्रणका लागि रोकथाम उपाय अपनाएका छन् । 

  • न्युज बहार संवाददाता

थप