कार्तिक
१६, स्याङ्जा । यस वर्ष स्याङ्जा जिल्लामा किसानले उत्पादन गरेको कागतीले उचित
बजार पाउन सकेको छैन।
गत वर्ष वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले कागती
बिक्री गरेर ६ लाख आम्दानी गरेका थिए तर यसपाली बजार अभावका कारण कागती बोटमै रहेको
छ। उनले हालसम्म कागती बिक्री गर्न सकेका छैनन्।
पौडेलले
उत्पादन गरेको कागतीले बजार नपाउँदा चिन्तित छन्। उनी उत्पादन भएको कागतीले बजार
नपाउँदा चिन्तित भएका हुन्।
उनले भने, ‘गत वर्ष कागती बिक्रीबाट राम्रै
आम्दानी भएको थियो, यस वर्ष सिजन (याम) मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ।’
उनी स्थानीय बजारमा दैनिक १०÷१५ किलोमात्रै कागती खपत हुने गरेको बताउँछन।
- न्युज बहार संवाददाता