Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

किसाहनहरु कफीखेतीतर्फ आकर्षित हुँदै

  •   २ वर्ष अघि | १९ असोज २०८१, शनिबार

असोज १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका किसाहनहरु कफीखेतीतर्फ आकर्षित हुन थालेका छन् । किसान कफीखेतीतर्फ आकर्षित हुनुको मुक्य कारण भनेको एकपटक विरुवा रोपेपछि ३५–४० वर्षसम्म उत्पादन प्राप्त भइरहनु हो ।

जिल्लामा गत आर्थिक वर्षमा रु एक करोड ३२ लाख मूल्य बराबरको ३० मेट्रिक टन कफी उत्पादन भएको थियो । जिल्ला कफी सहकारी संघकी अध्यक्ष मन्दु थापाका अनुसार उत्पादित कफीमध्ये ‘ए’ ग्रेडको ‘पार्चमेण्ट ग्रिनवीच’ कफी प्रतिकिलो आठ अमेरिकी डलरमा कोरिया, अष्ट्रेलिया र जापानमा गरी १० दशमलव तीन मेट्रिक टन निर्यात भई बाँकी स्वदेशमा नै खपत भएको थियो ।

जिल्लाका किसानले कफीखेतीबाट वार्षिक ६० हजारदेखि रु एक लाख २५ हजारसम्म आम्दानी गर्न सफल भएका छन । यसरी कफीबाट राम्रो आम्दानी भएपछि खाद्यान्न बालीको तुलनामा अहिले यसतर्फ अभिरुचि देखाउन किसानहरु बढेका छन ।

कफीको बिरुवालाई छहारीको आवश्यकता पर्छ त्यसैले कफी सँगै केराखेती, फलफूल र खाली जमिनमा अदुवा, खुर्सानी पनि  खेती गरी अतिरिक्त आम्दानी गर्न सकिन्छ । कफी सदावहार बिरुवा भएकाले यसले वातावरण स्वच्छ राख्न र भूक्षय रोक्नसमेत सघाउ पुराएको हुन्छ ।

  • न्युज बहार संवाददाता

थप