असार २१, पाल्पा । पाल्पा जिल्लामा गोरु पाल्ने किसानलाई प्रोत्साहन कार्यक्रमको आयोजना गरिएको छ। गाउँमा भएको खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको हो ।
आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले दिने भएको छ ।
वडाध्यक्ष चिरञ्जीवी पोखरेलले गाउँका खेतबारी विभिन्न खेतीपातीले हराभरा बनोस् भन्दै नयाँ हलगोरु किनेर पाल्ने किसानलाई एक हल गोरु बराबर रु पाँच हजार भक्ता दिने कार्यक्रम ल्याएको बताएका छन ।
उनका अनुसार नयाँ किन्नेलाई रु पाँच हजार, घरमा नियमित पालिरहने किसानलाई वार्षिकरुपमा दुई हजार पाँच सय भत्ता दिइने भएको छ।
अहिले गाउँघरमा गोरुपालन हराउँदै गएको अवस्थामा गोरुको संरक्षण र खेतबारी बाँझिन नदिनका लागि गोरुपालनमा भक्ताको कार्यक्रम ल्याइएको हो ।
- न्युज बहार संवाददाता