Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

तनहुँ जिल्लाका केही धानबालीमा देखियो गबारो र पात बेरुवा किरा ।

  •   ३ वर्ष अघि | ७ भदौ २०८०, बिहिबार

भदौ ७, तनहुँ । तनहुँ जिल्लाको डुम्रेका धानबालीमा गबारो र पात बेरुवा किरा देखिन थालेको छ । धानबाली अनुगमनका क्रममा म्याग्दे गाउँपालिका–७ पयेरमा गबारो र पात बेरुवा किरा देखिएको हो । 

म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको जानकारी दिएकी छन । उनले भनिन् “किरा नास गर्ने काम थालिसकेका छौँ।” यस क्षेत्रको करिब २० रोपनी क्षेत्रफलको धानबालीमा खाद्यतत्व कमी देखिएको उनका उल्लेख गरेकी छन। 

शाखा प्रमुख घिमिरेले गत वर्ष उक्त क्षेत्रमा समस्या देखिएपछि माटोको परीक्षण गरी किसानलाई परामर्श दिइएको जनाएकी छन । शाखा प्रमुख घिमिरेले म्याग्दे क्षेत्रमा यो समस्या देखा परे पनि अन्य स्थानमा यस्ता समस्या नरहेको जनाएको छ । 

  • न्युज बहार संवाददाता

थप