असोज २५,
काठमाडौँ । राप्रपा नेता सांसद ज्ञानेन्द्र शाही आफ्नो अभिव्यक्तिका कारण प्राय
सधैँ चर्चामा आइरहेका हुन्छन । आफ्ना विचार सडक र सदनमा सधैँ प्रखर रूपमा राख्न
उनी माहिर मानिन्छन ।
यति बेला
सांसद शाही जुम्लाको स्याउको प्रचारप्रसार लागि भनेका कुराहरु चर्चामा छन । उनका
अनुसार जुम्लामा प्रशस्त स्याउ फल्छ तर विदेशबाट नेपालमा बर्सेनि ७ अर्ब रुपैयाँ
बढीको स्याउ आयात गरिएको मन परेको छैन ।
अहिले उनले
नेपालमा स्याउ बढी फल्ने जुम्ला, मुगु, बाजुरा, मुस्ताङको स्याउलाई स्वदेशमै
बजार पाउनुपर्ने कुरा जोडदार रूपमा उठाइरहेका छन् ।
उनी हरदम
स्याउ बिक्री गर्न किसानहरूलाई सहुलियत र सुविधा प्रदान गर्न तम्तयार छन् । उनी स्याउ
बेचेरै किसानहरू समृद्ध बन्न सक्छन् भन्ने कुरा प्रमाणित गरेर देखाउन चाहन्छन् ।
- न्युज बहार संवाददाता