Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मह उत्पादनमा आयो कमी

  •   १ वर्ष अघि | ७ बैशाख २०८२, आइतवार

वैशाख ७, चितवन । गत वर्ष(विसं २०८०) को तुलनामा यस (विसं २०८१) मा मह उत्पादनमा कमी आएको छ । गत वर्ष भन्दा यस वर्ष एक हजार ७० टनले मह उत्पादनमा कमी आएको हो । अघिल्लो वर्ष चार हजार ९४५ टन मह उत्पादन भएको थियो भने गत वर्ष सो उत्पादन घटेर तीन हजार ८७५ टनमा झरेको छ ।

नेपाल मौरीपालक महासङ्घका अनुसार मह उत्पादनमा कमी आउनुको मुख्य कारण अघिल्लो वर्षको मह बिक्री नहुनु, चरन क्षेत्रको विवाद, विषादीको अनियन्त्रित प्रयोग, मौरीजन्य उपकरणको मूल्यवृद्धि, महँगो ढुवानी, नक्कली मह र मिसावटयुक्त महको बिगबिगी रहेको छ ।

लगानीको अभाव, बजारको सुनिश्चितता नहुनुले यस पेसाबाट किसान पलायन हुने खतरा बढेको महासङ्घले जनाएको छ । मौरीपालक किसानको सङ्ख्या बढे पनि अघिल्लो वर्षका तुलनामा मह उत्पादनमा भने कमी आएको हो ।

  • न्युज बहार संवाददाता

थप