वैशाख २८, काठमाडौँ । इलाम जिल्लामा परम्परागत अर्थात रैथाने बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा स्थानीय किसानले सक्रियता देखाएका छन् । किसानका साथै सरकार र अन्य विभिन्न निकायले पनि यसमा ध्यान दिन थालेका छन् ।
हालै ‘कृषि विकासको बदलिँदो परिवेशमा रैथाने बाली
प्रवर्द्धनको औचित्य’ विषयमा राष्ट्रिय कृषक समूह महासङ्घ, इलाम नगर समतिको आयोजनामा छलफल गरिएको थियो । या कार्यक्रममा
सहभागीहरुले रैथाने बालीको बहुआयामिक महत्वलाई सरकारले ध्यान दिनुपर्ने बताएका थिए
। उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै तीन तहका सरकारले जलवायु परिवर्तनसँग
अनुकूल हुने बालीको महत्व बुझ्न आवश्यक रहेको जनाएका छन ।
कृषि ज्ञान केन्द्रको सहयोगमा सरकारले रैथाने बाली संरक्षण र
प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । दुबैले किसानलाई
रैथाने बालीको उत्पादन र बजारीकरणमा सहयोग पुर्याउने प्रयास गरेको छ । अर्को तर्फ होमस्टे सञ्चालकलाई रैथाने परिकार बनाउने
तालिमले पनि कृषि पर्यटनलाई प्रोत्साहन दिएको छ । यसले रैथाने बालीको महत्वलाई केही
हदसम्म उजागर गरेको छ ।
रैथाने बालीहरु पोषण तत्वले भरिपुर्ण हुन्छन । कोदो, फापर, चिनो, उवा, जौँ, कागुनो आदिमा पोषणतत्व प्रचुर मात्रामा पाइन्छ ।
यी बालीहरुल कम मल र पानीमा पनि राम्रो उत्पादन दिने खालका हुन्छन । यी बालिहरु
जलवायु परिवर्तनसँग पनि अनुकूल छन् ।
- न्युज बहार संवाददाता