Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हरियो धनियाँ यति धेरै महङ्गो!

  •   १२ महिना अघि | १४ साउन २०८२, मङ्लबार

साउन १३, काठमाडौँ । नेपाली तरकारी बजारमा हरियो धनियाँको मूल्य बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार मंगलबार कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो थोक मूल्य न्यूनतम पाँच सयदेखि अधिकतम सात सय रूपैयाँमा कारोबार भइरहेको छ। जसको औसत बजार मुल्य छ सय रहेको छ।

एक महिनाअघि मात्र कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो ६० देखि ८० रूपैयाँमा बिक्री भइरहेको थियो। अहिले होलसेलमै धनिया औसत छ सय रुपैयाँ किलो पुगेको छ।

अहिले हरियो धनियाँको सिजन नभएकोले बजार मुल्य यसरी बढेको व्यवसायीहरूले बताएका छन। तरकारी व्यवसायीहरूका अनुसार अफ सिजन भएकाले मूल्य बढेको हो भने अहिले होटल तथा रेष्टुरेन्टमा हरियो धनियाँको माग बढी छ। 

मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर तथा कुलेखानी लगायतका क्षेत्रबाट हाल कालीमाटी बजारमा हरियो धनियाँ आउने गरेको छ।

  • न्युज बहार संवाददाता

थप