Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

फुल खेतिमा राम्रो प्रतिक्रिया, महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग

  •   २ वर्ष अघि | १ कार्तिक २०८१, बिहिबार

कात्तिक १, तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका१ का महिला सयपत्री फूल उत्पादनमा संलग्न भएका छन् । यस क्षेत्रका महिलाहरू यान्चोक लघुउद्यम महिला सङ्घमा आबद्ध भइ फूल उत्पादनमा जोडिन पुगेका हुन् । 

महिलाहरूलाई पछिल्लो केही समय यहाँ उत्पादित फूलमार्फत आत्मनिर्भर बन्न सहयोग पुगेको छ । यहाँका महिलाहरूले गत वर्षदेखि संगठित रूपमा सयपत्री उत्पादन गर्न थालेका हुन । गाउँपालिका कृषि शाखा प्रमुखका अनुसार सयपत्री उत्पादनका साथै त्यसको बजारीकरणका लागि देश तथा विदेशमा निर्यातको पहल भइरहेको जानकारी दिएका छन ।

अहिले गाउँपालिका कृषि शाखाले सयपत्री फूलको बजारीकरणमा सघाउँदै आएका पनि छ । बजारीकरणका साथै कतारलगायत अन्य देशमा पनि सयपत्री फूल पठाउन सकिन्छ कि भनेर समन्वय भइरहेको छ । गत वर्ष यहाँका महिलाले २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका थिए । फुल खेतिबाट राम्रो प्रतिक्रिया पाएपछि अहिले फुलको खेती दोब्बर क्षेत्रफलमा विस्तार गरिएको छ। 

  • न्युज बहार संवाददाता

थप