मंसिर ३०, भरतपुर । चिउरीका बोट चितवनको
पहाडी क्षेत्रमा प्रशस्तै भेटिन्छन् । यहाँका मौरीपालक किसान यतिबेला चिउरी फुल्ने
मौसम भएकाले मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् ।
यतिबेला चिउरीको
बोटमा फूल खेल्न सुरु भएको छ । दुई सय घार मौरी लिएर रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा पनि
कालिका नगरपालिका–१० स्थित
पाइमाराङमा पुगेका छन् ।
उनले भने, ‘तोरीमा फूल सकिँदै जान थालेपछि
चिउरीमा चराउन मौरी लिएर आएका हौँ, फागुन अन्तिमसम्म मौरी यही राख्छु।’ उनले दुई पटकसम्म मौसमले साथ दियो भने चिउरीको मह काढ्ने गरेका
छन ।
किसान थापाका
अनुसार उपभोक्तले चिउरीको मह नजम्ने भएका कारण धेरै खोज्ने गरेको छन ।
उनका
अनुसार अहिले मौरीको चरन क्षेत्र र महको बजारीकरणको समस्या रहेको छ भने चरन
क्षेत्रमा पनि जङ्गली जनावरले दुःख दिने गर्दछन । उनले भने ‘मौरी पालेर परिवार ढुक्कसँग
पालिएको छ, जिन्दगीको सबैभन्दा आनन्द यही हो, मौसम अनुकुल भए वर्षमा चार
पटक सम्म मह काढ्छु।’
चितवनको इच्छाकामना
गाउँपालिकाका, राप्ती नगरपालिका र कालिका नगरपालिका विभिन्न वडामा चिउरीको बाक्लो
जङ्गल छ । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिवप्रसाद पौडेलका अनुसार यहाँ
यो सिजनमा मात्रै झण्डै ३० हजार घार मौरी चराउनका लागि ल्याउने गरिएको बताए ।
पूर्वअध्यक्ष
पौडेलले जङ्गली फूलमा र विषादी र चिउरीमा चरेका मौरीको मह नेपालबाहेक अरु देशमा
नपाइने भएकाले यसको बजारीकरण गर्न सके उच्च प्रतिफल प्राप्त हुने बताए ।
उनका
अनुसार नेपालमा मेलीफेरा र सेरेना मौरीपालन
हुने गरेको छ । व्यावसायिक रुपमा पाल्नेले भने मेलिफेराको पाल्छन । पाँच सयभन्दा
बढी व्यावसायिक मौरीपालक किसान रहेकोले चितवनलाई मौरीपालनको उर्वर भूमि मान्न
सकिन्छ ।
- न्युज बहार संवाददाता