Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

खेती गर्ने समयमा सधैँ किसानलाई मलकै चिन्ता।

  •   ३ वर्ष अघि | २ असार २०८०, शनिबार

असार २, ललितपुर । ललिरतपुरका किसानलाई पहिले जस्तै यस वर्ष पनि रासायनिक मलको चिन्ताल पिरोलेको छ। रासायनिक मलको अभावको कारण खेतीपातीको समय नजिकिँदै गर्दा यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।

ललितपुर महानगरका किसानहरु मकैमा मल राख्नुपर्ने र धानको बीउका लागि ब्याड राख्नुपर्ने समयमा आवश्यक मल नपाउँदा चिन्तामा छन् ।

कृषि सामग्री कम्पनीलाई रासायनिक मल खरिद गरी स्थानीय तहमा वितरण गर्नुपर्ने जिम्मा छ तर साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले पर्याप्त मल वितरण गर्न नसक्दा किसानलाई बर्सेनि खेतिपातीको समयमा मलको चिन्ताले सताउने गर्छ।

चालु आर्थिक वर्षमा कृषि सामग्री कम्पनीबाट महानगरले एक हजार तीन सय ६० बोरा युरिया मल र छ सय बोरा डिएपी मल प्राप्त गरेको ललितपुर महानगरपालिकाको कृषि शाखा प्रमुख सावित्रादेवी पण्डितले जानकारी दिएकी छिन।

त्यसैगरी महानगरले साल्ड ट्रेडिङमार्फत एक हजार पाँच सय ४० बोरा युरिया मल र तीन सय बोरा डिएपी मल प्राप्त गरेको छ ।सावित्रादेवी पण्डित भन्छिन  ‘अन्य समस्याभन्दा मलको समस्या लिएर किसान कार्यालयमा आउनुहुन्छ, माथिबाटै अनुदानमा मल कम आएपछि हामीसँग अर्को उपाय छैन।’

  • न्युज बहार संवाददाता

थप