जेठ १४, काठमाडौँ
। १५ अर्ब ९३ करोड रुपैयाँको मकै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा आयात
भएको छ ।
भन्सार
विभागका अनुसार २०८१ साउनदेखि २०८२ वैशाखसम्ममा १५ अर्ब ९३ करोड ४९ लाख रुपैयाँको
२९९९८९.९४ मेट्रिक टन मकै आयात भएको छ ।
यसमध्ये २७३४.९३
मेट्रिक टन ९६ करोड १९ लाख ५२ हजार रुपैयाँको बीउ मकै आयात भएको छ भने यस्तै २९७२५५.०१
मेट्रिक टन १४ अबै ९७ करोड २९ लाख ४७ हजार रुपैयाँको मकै आयात भएको हो ।
सो परिमाणमा मकै आयात हुँदा १ अर्ब ३७ करोड ६४ लाख ५२ हजार
रुपैयाँ बराबरको राजस्व संकलन भएको भन्सार विभागले
जनाएको छ ।
- न्युज बहार संवाददाता