Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बेनीमा पहिलो पटक अकबरे खुर्सानीको व्यावसायिकखेती सुरु

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

असोज २१, म्याग्दी । जिल्लामै पहिलोपटक म्याग्दी जिल्लाको  बेनी नगरपालिका–३ भकिम्लीका किसानले अकबरे (डल्ले) जातको खुर्सानीको व्यावसायिकखेती थालेका छन् । 

भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रुपमा व्यावसायिक अकबरेखेती गर्न थालेका जानकारी कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले दिएका छन । बास्तोलाका अनुसार याहाँको भूगोल र हावापानी अनुकूल भएकाले व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ ।  अहिले  बेनीको बेनी, तातोपानी, गलेश्वर, दरवाङलगायत बजार क्षेत्रमा आवश्यक पर्ने अकबरे खुर्सानी तराई र पूर्वी पहाडी जिल्लाबाट ल्याउने क्रम क्रमश घट्दो छ ।” 
भकिम्लीमा अहिले कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा अकबरे खुर्सानीको खेती हुन थालेको छ । अकबरे खुर्सानीको बजार राम्रो भएकोले यसबाट राम्रो आम्दानी लिन सकिने किसानगरु बताउँछन ।
याहाँ उत्पादित भएको अकबरे खुर्सानी बेनीकै तरकारी पसलमा होलसेलमा प्रतिकिलो रु २५० का दरले बिक्री हुने गरेको छ ।  त्यसैले परम्परागत अन्नबालीको तुलनामा खुर्सानीखेतीबाट धेरै गुणा बढी आम्दानी गर्न सकिने याहाँका खुर्सानि उत्पादक किसान बताउँछन ।  

अकबरे खुर्सानीखेती दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा गर्न सकिन्छ । 

  • न्युज बहार संवाददाता

थप