चैत ५,
इलाम । चिनियाँ टोली नेपाली चियाको अवलोकनका लागि नेपाल आएका छन । नेपालस्थित
चिनियाँ दूतावासका आर्थिक सल्लाहकार र अन्य विशिष्ट प्रतिनिधिहरू इलाम नगरपालिका र
टी एलायन्स अफ नेपालको सहकार्यमा इलाममा आएका हुन् ।
टी
एलायन्सका उपाध्यक्ष जीवन न्यौपानेका अनुसार टोलीले आइतबारदेखि नै यस क्षेत्रको
चियाखेती, चिया
उद्योगको अवस्था बारेमा अध्ययन तथा अवलोकन सुरु गरेको छ ।
चिनियाँ प्रतिनिधिहरूका
टोलीले हरियोपत्ति प्रशोधन विधि र किसानले अपनाएको चियाखेती प्रविधिका विषयमा समेत
अध्ययन गर्ने छन ।
- न्युज बहार संवाददाता