फागुन २१, उदयपुर । यस वर्ष मात्र उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ ।सिद्धिपुरवासीले विसं २०५० देखि नै व्यावसायिक रुपमा बेसार खेती गर्दै आएका थिए ।
व्यावसायिक रुपमा बेसार खेती गर्दै आएका गाउँबाट अहिले वार्षिक दुई करोडभन्दा बढीको बेसार बिक्री हुने गरेको छ । सिद्धिपुरका बेसार कृषक इन्द्रबहादुर मगरका अनुसार अहिले गाउँमा नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार लगाउन थालिएको र यि प्रजातिको बेसारको उत्पादनमा वृद्धि भएको छ । सिद्धिपुरका एक घरले वार्षिक तीन लाखभन्दा माथि बेसार उत्पादन गरेर बिक्री गर्ने गरेका छन ।
सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये कम्तिमा ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका छन । अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ ।
- न्युज बहार संवाददाता