Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

दुग्ध किसानको भुक्तानी व्यवस्था मिलाउन अखिल नेपाल किसान महासंघको माग

  •   ३ वर्ष अघि | २१ मंसिर २०८०, बिहिबार

मंसिर २१,काठमाडौँ । अखिल नेपाल किसान महासंघले दुग्ध किसानको भुक्तानी व्यवस्था मिलाउन माग  गरेको छ । आज बिहीबार महासंघले विज्ञप्ति जारी गर्दै दुग्ध उत्पादक किसानले भुक्तानी नपाउने अवस्था बन्नु दुःखद भएको जनाएको समेत जनाएको छ ।

महासंघले देशभरका किसानहरुले झण्डै ६ महिनादेखि दुग्ध बिक्री गरेको ६ अर्ब रुपैयाँ रकम नपाएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अनुसार दूधको भुक्तानी नपाउँदा झण्डै ३० लाख किसान परिवार आश्रित रहेको दुग्ध उत्पादन व्यवसाय निरुत्साहित हुने छ ।

  • न्युज बहार संवाददाता

थप