चैत ५, बागलुङ
। बागलुङ जिल्लाका आलु उत्पादनमा प्रसिद्ध क्षेत्रहरु हुन ताराखोला, ढोरपाटन र निसीखोला
। यी स्थानमा
बाहेक बागलुङ जिल्लाका अन्य केही स्थानमा पनि आलु खेती हुँदै आएको छ ।
कृषि
ज्ञान केन्द्रले बागलुङ आलु खेतीका लागि उर्वर भएका कारण यस वर्षदेखि आलु
उत्पादनको क्षेत्र विस्तार गर्न थालेको छ । रु तीन करोड ५० लाख
रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेर किसानलाई ज्ञान केन्द्रले आलुको
बिउ वितरण गरिरहेको छ । कृषि ज्ञान केन्द्र आलु खेतीतर्फ कृषकलाई आकर्षित गर्न
यसबाटै आत्मनिर्भर बनाउनेतर्फ सक्रिय बनेको हो।
बसाइसराइका
कारण पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । उक्त बाँझो जमिनमा आलु
खेती गरे प्रयोगमा आउने र आलु खेतीको क्षेत्र विस्तार हुने जनाइएको छ । निर्वाहमुखी खेतीका रुपमा आलु खेती गर्दै
आएकाहरुको लागि अब आलु व्यावसायिक रूपमा पनि रहने छ ।
कृषि
ज्ञान केन्द्रले किसानलाई कृषक समूह र कृषि सहकारीमार्फत उन्नत जातका आलुको बिउ
उपलब्ध गराउन थालेको छ । केन्द्रका अनुसार बिउका लागि र खाएन (खानका) लागि गरी दुई
थरी आलु किसानलाई वितरण गरिरहेको छ । कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी
कुमार मगरका अनुसार बागलुङलाई आलुमा आत्मनिर्भर बनाई किसानलाई आयआर्जनसँग जोड्न यस
वर्ष आलु खेतीको क्षेत्र विस्तार गरिएको हो । १५० हेक्टर क्षेत्रफलमा
खाएन र बिउ आलु लगाइने मगरले जनाएका छन ।
- न्युज बहार संवाददाता