फागुन ८,
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
कार्यालयले घाँस बिक्रीका लागि सुचना प्रकाशित गरेको छ । बागमती प्रादेशिक
अन्तर्गत काठमाडौँको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड
कार्यालयले पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो खसी बोका, च्याङग्राहरुलाई खुवाउने बाँकी
रहेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर बेच्ने लागेको हो ।
सूचना
प्रकाशन गर्दै कम्पनीले २०८० सालको बडा दसैँ पर्वलाई लक्षित गरी खरिद गरेका जिउँदो
खसी बोका, च्याङग्राहरुलाई
किनेको हरियो डाले घाँसको सिटा पात र घस्यौटा पतिङ्गर परिसर सफा हुने गरी इच्छुक
व्यक्तिले सात दिनमा लैजान सक्ने भन्दै गरेको छ ।
कम्पनिले
सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालयमा नेपाली नागरिकताको प्रतिलिपि
संलग्न गरी दर रेट खुलाई खरिदका लागि आवेदन पेस गर्न आग्रह समेत गरेको छ ।