असार १६, काठमाडौँ । टी–२० विश्वकपको उपाधि भारतले
जितेको छ । शनिबार राती भएको खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले
टी–२०
विश्वकपको उपाधि जितेको हो । यो सँगै भारतले दोस्रो पटक विश्वकपको उपाधि जितेको छ
।
सन् २००७
मा भारतले पहिलो टी–२०
विश्वकपको उपाधि जितेको थियो ।
भारतले दक्षिण
अफ्रिका सामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सोही लक्ष्य पछ्याउने
क्रममा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र
बनाउन सफल भयो ।
पहिलोपटक
फाइनल पुगेको दक्षिण अफ्रिका उपाधिबाट भने वञ्चित हुन पुग्यो ।
- न्युज बहार संवाददाता