Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विपिन जोशीको निधन भइसकेको पुष्टि

  •   १२ महिना अघि | २७ असोज २०८२, सोमवार

असोज २७, काठमाडौँ । हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको निधन भएको पुष्टि भएको छ। इस्रायली सेनाका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सोमबार दिउँसो हमासले फिर्ता गर्न लागेको चार जना मृत बन्धकको विवरण सार्वजनिक गरेका हुन्।

‘द जेरूसेलम पोस्ट’को अनुसार, सोमबार साँझ हमासले ती चारजनाको शव इस्रायललाई फिर्ता गर्ने तयारी गरिरहेको छ। मृतकहरूको नाम हमासले सार्वजनिक गरिसकेको छ, जसमा विपिन जोशीसहित गाइ इलाउज, योसी शाराबी र ड्यानियल पेरेज पनि छन्।

यसअघि विपिन जोशीको अवस्थाबारे स्पष्ट जानकारी थिएन, तर अब हमासले उनको मृत्यु पुष्टि गरेको छ।

  • न्युज बहार संवाददाता

थप