मंसिर
२७, काठमाडौँ । एचआईभीका बारेमा हामी मध्ये धेरैलाई जानकारी छ । यो (ह्युमन इम्युनोडेफिशियन्सी भाइरस-एचआईभी)
एक खतरनाक भाइरस हो । लामो समयदेखि डाक्टर र वैज्ञानिकहरूले यसको उपचार खोजी
गरिरहेका छन्। सोही खोज र अनुसन्धानको सहयोगमा हालै वैज्ञानिकहरूले यस विषयमा ठुलो
उपलब्धि हासिल गरेका छन्।
उनीहरूले
एचआइभी सङ्क्रमण रोक्ने खोप बनाएको जनाइएको छ । वैज्ञानिकहरूका अनुसार यो खोप एचआईभी
सङ्क्रमण रोक्न ९६ प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । एचआईभी रोक्ने यो खोपको
नाम लेनाकापाभिर हो।
यो खोपको
एक वर्षमा दुई डोज लगाउनु पर्छ र यसले एचआइभी सङ्क्रमणको जोखिमबाट पूर्णरुपमा
सुरक्षा दिने वैज्ञानिकहरूले बताएका छन ।
- न्युज बहार संवाददाता