साउन १०, काठमाडौँ । संसारका उत्कृष्ट ठाउँहरूको सूची टाइम
म्यागजिनले सार्वजनिक गरेको छ।
भ्रमणका
निम्ति सन् २०२४ मा छानेका उत्कृष्ट सय ठाउँहरूमा नेपालको एक ठाउँ पनि पर्न सफल
भएको छ । टाइमले सार्वजनिक गरेको सय
ठाउँहरूमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको हो । बिहीबार अमेरिकी
म्यागजिन टाइमले ‘वर्ल्ड्स
ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीको
१६ औं नम्बरमा निकुञ्जको 'बुरहान वाइल्डरनेस क्याम्प' लाई राखेको हो।
बर्दियाको
खाता वन्यजन्तु कोरिडोरको एक महत्वपूर्ण भागमा बुरान वाइल्डरनेस क्याम्प अवस्थित रहेको
छ।
- न्युज बहार संवाददाता