Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

गाजामा युद्ध बिराम घोषणा, तिन महिला बन्दी रिहा हुँदै

  •   २ वर्ष अघि | ६ माघ २०८१, आइतवार

माघ ६, काठमाडौँ । गाजामा युद्ध बिराम भएको छ । केही समयदेखी चलिरहेको इजरायल र हमासबिच युद्धविराम सुरु भएको हो । प्यालेष्टिनी सशस्त्र समूह हमासले युद्धविराम सम्झौता अन्तर्गत  रिहा गर्ने तीन महिला बन्दीको नाम सार्वजनिक गरेसँगै युद्धविराम लागू भएको जानकारी प्राप्त भएको हो । 

स्थानीय समयअनुसार बिहान ११:१५ मा युद्धविराम लागू भएको छ । यो यस अघि बताइएको समयभन्दा केही घण्टा ढिला भएको थियो । 

इसराइलले युद्धविराममा ढिलाई भएपछि गजामा हवाई आक्रमणसमेत गरेको थियो । उक्त हवाई आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ ।  साथै सिएनएनका अनुसार ३० जना घाइते समेत भएका छन ।

  • न्युज बहार संवाददाता

थप