Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

डलरको मूल्य हालसम्मकै उच्च, एसियाली राष्ट्र हरूमा दबाब

  •   २ वर्ष अघि | २८ पुस २०८१, आइतवार

पुस २८, काठमाडौँ । अहिले डलरको मूल्य हालसम्मकै उच्च भएको छ । डलरको भाउ बढेपछी एसियाली राष्ट्र हरूमा यसले दबाब पर्न थालेको जनाइएको छ ।

डलरको मूल्य हालसम्मकै उच्च भएपछी जापानी येन, चाइनिज युआन, भारतीय मुद्रा, कोरियन वनमा दबाब देखिएको हो।

अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनबिसीका अनुसार डलरको भाउ अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि डोनाल्ड ट्रम्प निर्वाचित भएर आएयता मात्रै ५.३९ प्रतिशतसम्म बढेको छ।

बैंक अफ अमेरिकालाई उद्धृत गर्दै इन्भेष्टोपिडियाले डलरको मूल्य हालसम्मकै उच्च भएको र मूल्यवृद्धिको समायोजनपछिको आधारमा हिसाब गरेर हेर्दा समेत डलरको भाउ ५५ वर्षयताकै उच्च देखिएको जनाएको छ ।

केन्द्रीय बैंकले नीतिगत ब्याजदर कटौती तत्काललाई नहुनुको कारण सोचेभन्दा राम्रो अमेरिकाको रोजगारसम्बन्धी तथ्यांक आएको जनाएको कारण पनि डलरको भाउ बढिरहेको जनाइएको छ । 

  • न्युज बहार संवाददाता

थप