जेठ ७, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहिरहेको छ। पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज आइतबार दिउँसो गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ भने यी चारै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै मधेस प्रदेश र कोशी प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राती भने गण्डकी प्रदेश र कोशीका पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
- न्युज बहार संवाददाता