फागुन
३०, काठमाडौँ । देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहिरहेको छ। मौसम
पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने
छ।
देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आज दिउँसो चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको
सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै अपराह्नतिर मेघ गर्जन र चट्याङ्गसहित लुम्बिनी
प्रदेशलगायत तराईका एक दुई स्थानमा क्षणिक र हल्का वर्षाको सम्भावना पनि रहेकोमौसम
पुर्वानुमान छ।
आज राती
भने गण्डकी प्रदेश, बागमती प्रदेश, कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित
क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
- न्युज बहार संवाददाता