चैत २९, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशमा अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण आज बुधबार तीनवटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको गराएको छ।
महाशाखाका अनुसार आज कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ।
यस्तै आज देशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ भने तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत चल्ने सम्भावना रहेको महाशाखाले बताएको छ।
आज राति भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा नै हुने महाशाकाको पुर्वानुमान रहेको छ ।
- न्युज बहार संवाददाता